जहाज दुर्घटना अपडेट : चार जनाको शव निकालियो, उद्धार जारी

भक्तराज जोशी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

Dengue

प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

पछिल्लो जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार