काठमाडौँ : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सिडिओसँग शान्ति सुरक्षा माग गरेका छन्।
समाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् । उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा समक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् ।
पूर्व मुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएको सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्