काठमाडौँ : २२ वर्षीय युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा रावावेशी गाउँपालिका २ पर्सा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महिलालाई आफ्नै घरमा लगि आइतबार बिहान जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्