काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.१५ अंकले मात्र बढेर २ हजार ४ सय ८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार नेप्सेको वृद्धिदर निकै कम हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर बन्द भएको थियो ।
सोमबार दिनभर नेप्सेमा निकै उतारचढाब देखियो । एकै छिनमा सेयर बजार दोहोरो अंकले घट्थ्यो भने एकैछिनमा फेरि उकालो लागि हाल्थ्यो । यद्यपि बजार खुलेको अधिकांश समय बजार घटेको थियो । तर अन्त्यमा करिब सवा २ अंकले बजार बढेर बन्द भएको हो ।
आइतबारको तुलनामा समग्र नेप्से परिसूच, कारोबार रकम दुबै घटेपनि सोमबारको कारोबार रकम नराम्रो भन्न नमिल्ने जानकारहरु बताउँछन् ।उक्त दिन कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्यो, १२१ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर रहयो ।
सोमबार १ लाख ७० हजार ५ सय ५९ वटा कारोबारबाट ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ वटा कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार १५ अर्ब २३ करोडको सेयर किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्