काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुँदैछ । हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ
प्रतिक्रिया दिनुहोस्