बाग्लुङमा जन्मिएकी यी १६ वर्षीया किशोरीले भलिबलमा मारेको छलाङ

काठमाडौँ : मीना सुनारले भलिबल खेल्न थालेको साढे दुई वर्ष पनि पूरा भएको छैन । तर, बाग्लुङमा जन्मिएकी यी १६ वर्षीया किशोरीले भलिबलमा मारेको छलाङ भने लोभलाग्दो छ । 

शून्यबाट खेल शुरू गरेकी मीनाले दुई वर्षको अन्तरालमै विद्यालय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीको ढोकासम्म खोलिन् । उनले हालै नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा ‘डेब्यु’ गरेकी छिन् । साथै मीना अहिले एभरेस्ट भलिबल क्लबमा आबद्ध छिन् । प्रदेश र जिल्लामा आयोजना हुने विभिन्न प्रतियोगितामा आफूलाई अब्बल ठहराउनु नै मीनाका लागि राष्ट्रिय टोलीमा पुग्ने आधार हो ।

Dengue

यो सबै प्राप्त हुनुमा आफूले छोटो समयमा गरेको मेहनत र संघर्ष नै प्रमुख रहेको मीना ठान्छिन् । ‘भलिबलको अथाह प्रेम र लगावले नै मलाई यस क्षेत्रमा लगाएको हो । यसमा तीव्र प्रतिस्पर्धा छ । यो बुझ्नु पर्छ कि– प्रतिस्पर्धा बिनाको खेल र संघर्ष बिनाको जीवन सम्भव छैन,’ उनी भन्छिन्, ‘अहिले निरन्तर भलिबलमै लाग्न सक्छु भन्ने अठोट बटुलेकी छु ।’

मीना रूपन्देहीको एभरेस्ट बोर्डिङ स्कुलको छात्रावासमा बसेर पूर्ण छात्रवृत्तिमा पढ्दै छिन् । उनको भलिबल यात्रा पनि त्यहीँबाट शुरू भएको हो । त्यही प्रशिक्षण लिएकी मीनाले दुई वर्षमा आशातीतभन्दा बढी सफलता पाएको उनका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन् । 

ढोरपाटन नगरपालिका–२ स्थित बुर्तिवाङको विपन्न परिवारमा वि. सं २०६५ मा जन्मिएकी मीनाले गाउँमा पढ्दा साँच्चै अहिलेको दिन कल्पेकी थिइनन् । ‘यति चाँडै नेपाली राष्ट्रिय महिला भलिबल टीमबाट खेल्ने त मैले सपनामा पनि सोचेकी थिइनँ । तर, मैले यो सफलता चाँडै हात पारेकी छु ।’ 

कम उमेरमै ‘डेब्यु’ गरेकी मीना अहिले नेपाली महिला भलिबल टोलीमा मुख्य खेलाडीको रूपमा दर्ज भइसकेकी छिन् । त्यसो त उनी औसतभन्दा अग्ली र पातली पनि छिन् । यही ५ फिट ९ इन्चको उचाइले उनलाई भलिबलको शिखर चुम्न सहयोग गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार