त्रिशूलीमा बेपत्ता बाराका तीन जनाको कुशको शव बनाएर दाहसंस्कार

सिमलताल : गत शुक्रबार काठमाडौँ जाने क्रममा बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपता भएकी रेडियोग्राफर सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।

यादवको शुक्रबार कुशको शव बनाएर हिन्दु रितिरिवाजअनुसार दाहसंस्कार गरिएको हो। चितवनको सिमलतालमा पहिरोले बस बगाउँदा त्रिशुली नदीमा हराइरहेकी यादवको शव एक हप्तासम्म पनि नभेटिएपछि उनका परिवारले कुशको शव बनाएर पसाहा खोलामा अन्तिम संस्कार गरेको हो।

Seti Hospital

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ निवासी यादव पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ स्थित महुवन बर्थिङ सेन्टरमा रेडियोग्राफर पदमा करारमा कार्यरत थिइन्। उनी जापान जानको लागि परीक्षा दिन वीरगञ्जबाट काठमाडौँका लागि बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार थिइन्। उक्त बस चितवनको भरतपुर महानगरपालिका–२८ सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुली नदीमका खसाएको थियो।

यस्तै, सोही दुर्घटनामा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी श्रीमती ४३ वर्षीया कुसमीदेवीको पनि बुधबार कुशको शव बनाएर `दाहसंस्कार गरिएको थियो। उनीहरु पनि एन्जल डिलक्समा काठमाडौँ जाँदै थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार