तनहुँ : तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बन्दीपुर–४ सालथानका जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएकोमा बन्दिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्