बालेनविरुद्ध उत्रिए न्युरोडवासी, नगर प्रहरी थुपारेर काम

काठमाडौं : न्युरोड क्षेत्र महानगरले गरिरहेको फुटपाथ विस्तारको काममा फेरि अवरोध गरेका छन्। उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो। तर, स्थानीयहरु सडक नखन्न आग्रह गर्दै आन्दोलनमा उत्रिएका हुन्।

अहिले सो क्षेत्रमा  नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ। यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले फेरि कालोपत्रे गरिदिएको थियो।

Seti Hospital

त्यसपछि सडक डिभिजनको निर्णयविरुद्ध महानगर अदालत गएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार