धनगढी : आज सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठुलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिमसहित कोशी, मधेस, बाग्मती र गण्डकीका एक-दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको हो ।
ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको र यस्तो बेला देशभर एकैपठक ठुलो पानी पर्ने सम्भावना कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस्