त्रिशूलीमा अहिलेसम्म १५ वटा शव भेटियो, अझै ४७ जना यात्रु र दुई बसको खोजी जारी

काठमाण्डौ : शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव भेटिएको छ । विभिन्न ठाउँमा भेटिएका १५ मध्ये आठ वटा शवको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अरू सात वटा शवको पहिचान गर्ने काम भइरहेको छ ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए ।

Dengue

ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । तीमध्ये अझै ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन् । अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार