शिक्षामन्त्री बनिन् विद्या भट्टराई

काठमाडौँ : कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि विद्या उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् ।

राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् ।

अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग विवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकी बहिनी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार