ओली भए प्रधानमन्त्री, एमाले कार्यालयमा चहलपहल (तस्वीरहरू)

काठमाडौं : ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताको चहलपहल बढेको छ । अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेपछि कार्यालयमा कार्यकर्ताको उपस्थिति देखिन्छ ।

एमालेका ८ जना मन्त्री बनेका छन् । एमालेले सातौँ पटक सरकारको नेतृत्व गर्दा कार्यालयमा कार्यकर्ताको उपस्थिति बाक्लो देखिएको हो ।

Dengue

नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि पार्टी कार्यालय च्यासल गए । अरू मन्त्री पनि संगै थिए । सो क्रममा एमाले नेता कार्यकर्ताको समेत थप चहलपहल बढेको थियो ।

एमालेबाट यसअघि २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि २०६५ मा माधवकुमार नेपाल, २०६७ मा झलनाथ खनाल, २०७२ मा अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि २०७४ मा प्रधानमन्त्रीमा दोहोरिएका ओली २०७८ मा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । यसपटक २०८० असार ३० मा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार