परीक्षा दिएर भाइलाई भेटेर फर्किन्छु भनेकी छोरी त्रिशूलीमा बेपत्ता बनेपछि…

काठमाडौं : बाराको कलैया उपमहानगर १४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगर २९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा बन्दै आएकी थिइन् । जागिरे भए पनि उनी सन्तुष्ट बन्न सकेकी थिइनन् ।

Dengue

त्यसैले थप कमाइ गरी परिवारको आर्थिक अवस्था सुधार गर्न उनी विदेश जान भनेर परीक्षाका लागि काठमाडौं आउँदै थिइन् । तर, काठमाडौं नपुग्दै उनी चढेको बस त्रिशूली नदीमा बेपत्ता भयो । बससँगै उनी पनि बेपत्ता छिन् ।

योसँगै उनको परिवारको सपना पनि त्यही अस्ताएको छ । सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं हिँडेकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए ।

दुई दिनदेखि दुर्घटना स्थलमा रहेका उनी भन्छन्, ‘छोरी काठमाडौं गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि, तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।’

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । ‘छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो, तर अब अन्तिम इच्छा छ, छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाह संस्कार गर्न पाइयोस्,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार