३० जना यात्रु जोगाएर संसार छाडे मेघराजले, आमालाई थाहा छैन मृत्युको खबर, बर्बराउँदै खोज्छिन् छोरा

नारायणगढ : मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित बस चलाउँदा चलाउँदै टाउकोमा ढुंगा बज्रिएर ज्यान गुमाएका नवलपरासीका मेघराज विकको शव अहिले पोस्टमार्टम हुँदैछ। 

भरतपुर अस्पतालमा पोस्टमार्टमको काम सकिएपछि आजै अन्तिम संस्कारका लागि शव लिएर जाने तयारीमा आफन्तजन छन्। 

Galaxy

बसमा सवार ३० जनाबढी यात्रुलाई ५० मिटर पर पुर्‍याएर ब्रेक लगाउँदै ज्यान जोगाएका मेघराज आफू पनि बँच्न सकेनन्। 

उनको निधनपछि अहिले सुनवल नगरपालिका–४ स्थित उनको जन्मथलो ‘रम्बापुर’ गाउँ शोकमग्न बनेको छ। आफन्तहरू मेघराजको शवको पर्खाइमा छन्।

मेघराजकी आमा भानुमतीलाई भने अहिलेसम्म छोराको मृत्युको खबर कानमा परेको छैन। आफन्त र छिमेकीले उनलाई छोरा दुर्घटनामा घाइतेमात्रै भएको खबर सुनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार