त्रिशूलीमा बस बेपत्ता : थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो !

काठकाडौँ : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई जनाको शव फेला परेको छ । 

प्रहरीका अनुसार उनीहरूको शव पूर्वी नवलपरासीमा फेला परेको हो । उक्त दुर्घटनामा परेका अर्का यात्रुको शव आज बिहान चितवनस्थित गोलाघाटमा भेटिएको थियो । उनी भारतको  बिहारका ऋषिपल साह भएको पुष्टि भएको छ ।

Dengue

बाँकी दुई जनाको पहिचान भने खुल्न बाँकी छ । उनीहरूमध्ये एकजना नारायणी नदी किनारामा बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यी दुईवटा शवको सनाखत भने हुन सकेको छैन । त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ । तर, बस हालसम्म फेला परेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार