गन्ध आउने अचार बेच्ने बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौँ : कलंकीस्थित बर्गर हाउसले अनलाइन डेलिभरीमा गन्ध आउने मःमको अचार बिक्री गरेपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ । 

अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि बर्गर हाउसलाई बजार व्यवस्थापन तथा अनुगमन ऐनबमोजिम महानगरले शुक्रबार कारबाही स्वरुप जरिवाना तिराएको हो । महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित क्यान्टिनलाई पनि २ लाख रुपैयाँ जरिवाना गराएको छ ।

Dengue

निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नरनिधि न्यौपानेले महानगरको मुख्य कार्यालयमा सञ्चालित क्यान्टिनविरुद्ध उपभोक्ताबाट गुनासो आएपछि जरिवाना तिराएको बताए ।

‘क्यान्टिनबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताको विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिक निरीक्षण गर्‍यौं,’ उनले भने, ‘निरीक्षणपछि निर्देशन पनि दिइयो । तर निर्देशनको पालना नभएपछि कारबाही गरिएको हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार