कहाँ-कहाँ परिरहेको छ पानी, हेर्नुहोस् ! यी प्रदेशमा अति बर्षाको सम्भावना

भक्तराज जोशी

काठमाडौं : देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महााशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। 

दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

Seti Hospital

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेश, बागती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि अति वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहने बताएको छ। कोशी, मधेश, बागती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।कोसी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार