नदीमा आएको बाढीले घर फर्कन लागेका नेपाली भारतको पलिया अलपत्र

पलिया : भारतको लखिमपुर पलिया शारदा र सुहेली नदीमा आएको बाढीका कारण सडक अबरुद्ध भएपछि सयौ नेपाली अलपत्र परेका छन् । लखिमपुरको पलिया भिरा क्षेत्र डुवानमा परेकोले सो क्षेत्रको यातायात सेवा पुर्ण रुपमा ठप्प भएको छ । पलिया क्षेत्र जलमग्न भएर टापु बनेको छ ।

भारतबाट नेपाल फर्कन लागेका कयौ नेपाली पालिया, भिरा र लखिमपुरमा अलपत्र परेको नेपाली हुकमबहादुर बोहराले जानकारी दिएका छन् । भारतको बिभिन्न क्षेत्रबाट आएका नेपालहरु अहिले त्यहाँ अलपत्र परेका छन् । नेपालीहरु तिन दिनदेखी पालिया, भिरा र लखिमपुरमा अलपत्र परेका छन् ।

Dengue

पलिया सदरमुकाम लगायत सबै शहर जाने सडकमा तीनदेखि चार फिट पानी भएका कारण यातायात सेवा, रेल लाइन काटिएका छन् । सम्पुर्ण यातायात सेवा ठप्प भएका कारण त्यहाँका बासिन्दा बाहिर निस्कन पाएका छैनन् । सहरका धेरै बस्ती र मुख्य सडकमा पानी जम्नुका साथै यस क्षेत्रका दर्जनौं गाउँ बाढीले घेरेका छन् ।

पलिया सहरको मुख्य प्रहरी चौकी चोकबाट चिनी मिल रोडमा पुरै जलमग्न भएको बताएका छन् । त्यहाँका धेरै घर र पसल पनि डुबानमा परेका छन् । रेलवे स्टेशन चोकबाट प्रहरी चौकीसम्म जाने सामान गोदाम सडकमा पनि पानी परेको छ । ढाकिन मोहल्ला, इन्दिरानगर, चिनी मिल, हाइडल कालोनी, इदगाह मोहल्लाका धेरै घरमा पानी भरिएको छ ।

दुधवा रोडको बन्सीनगर नजिकै सुहेलीको ठूलो पानी सडक पार गरी घरघरमा पसेको छ भने निघासन रोडमा राप्तामा बेलाको अगाडि र मालिनीया बरामबाबा नजिकै कैयौँ फिट बगेर सडक अवरुद्ध भएको छ ।

अर्कोतर्फ गाउँ श्रीनगर, खैरहना, खले पूर्व, नयाँ पूर्व, चौरी, सैयद पूर्व, टप्पर पूर्व, बिजोरिया, ढकिया, कञ्चनपुर, लगदहान, पटेरा, कृष्णनगर, गोविन्द नगर, कमलापुरी, डीएम कालोनी, खजुरिया, पूर्णनगर मिल रोड। र अटरनगर लगायतका जिल्लाका घोला, देवीपुर, चम्बरबोज, बिल्हैया, बन्सीनगरलगायत दर्जनौं गाउँमा पानी पर्दा लाखौं जनता बाढी प्रभावित भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार