सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिनामा काण्डले गृहमन्त्रीको ‘धोती खुस्किएको’ आरोप लागाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर गृहमन्त्री सम्हाल्नमा व्यस्त रहेको जिकिर गरेकी हुन् ।

Dengue

उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भनिन्,‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?’ ‘सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’ विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका थिए ।

उनले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरे । त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने बताए । गृहमन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सहकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार