१ लाख घुससहित शाखा अधिकृत पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार