लोक देउडा गायक महेश कुमार औजीको ‘कलेजी कटाउन्या’ नयाँ भर्जनमा

बैतडी : लोक तथा देउडा गायक महेशकुमार औजीको देउडा गीत कलेजी कटाउन्या माया नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएको सो गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको हो ।

नेपमेलोको युट्युब च्यानलबाट सार्वजनिक नयाँ भर्सनको गीतमा गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन् । महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागको एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन् । ढोरपाटनमा खिचिएको भिडियोमा प्रेम–बिछोडको कथा देखाइएको छ । शान थापाको निर्देशन रहेको भिडियोमा सम्पादन मिलन विश्वकर्माको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार