पूर्वप्रधानमन्त्री ओलीको पीएसओ थापाको निधन

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको पीएसओको निधन भएको छ। सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुर प्रवक्ता राजन कार्कीले जनाएको छ। 

कार्कीका अनुसार उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्। उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको कार्कीको भनाई छ ।

Dengue

प्रवक्ता कार्कीले भने,‘थापाको शवको पोस्ट्मार्टम गर्न लागिएको छ। रिपोर्टपश्चात मात्र के भएको हो जानकारी आउँछ।’ हृदयघात ‘हार्ट अट्याक’ भएको प्रारम्भिक अनुमान गरिएको छ।

उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार