धनगढीमा २११ औं भानुजयन्ती उत्सवका रूपमा मनाईदै

धनगढी : नेपाली साहित्यका विराट प्रतिभा  आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती यही असार २९ गते धनगढीमा विशेष रूपमा मनाइने भएको छ। यस अवसरमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले धनगढीमा साहित्यिक सांस्कृतिक उत्सवको तयारी गरेको छ।

 असार २९ गते धनगढीको होटल डिभोटीमा बिहान ११ बजेदेखि शुरू हुने भानुजयन्ती समारोहमा प्रादेशिक प्रतिभा पुरस्कार समर्पण, स्रष्टा सम्मान तथा साहित्यिक सांस्कृतिक उत्सव आयोजना हुने सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए।

SHIKHAR COOL TECH

 मुख्यमन्त्री, संस्कृति मन्त्री, माननीयहरू, स्रष्टाहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने समारोहमा स्थानीय लोक संस्कृतिको प्रदर्शनी गरिनुका साथै बृहत् कवि गोष्ठी र  कृति विमोचनसमेत गरिने प्रतिष्ठानले जनाएको छ।उक्त भव्य समारोहमा सहभागिताका लागि प्रतिष्ठानले सबै साहित्य, कला र संस्कृति प्रेमी सबैलाई अपिल गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार