गृहमन्त्री रविलाई पदमुक्त गर्नुपर्ने मागसहित परेको मुद्दाको सुनुवाई सकियो !

धनगढी : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दाको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाई भएको हो । 

सुनुवाई सकिएसँगै मुद्दाको फैसला आजै साँझसम्म सुनाउने तयारी गरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘सुनुवाई सकियो, अब आदेशको तयारी भइरहेको छ । पाँच, साढे पाँच बजेसम्म आदेश आउँछ’, उनले शिलापत्रसित भने । 

Dengue

२४ फागुनमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कतै उजुरी, अभियोजन नपरेको भनी दिएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराई र अतुल विष्टले सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमा लामिछानेलाई गृहमन्त्रीबाट मुक्त गर्न माग गरिएको छ । मुद्दामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार