‘राजीनामा दिने’ भन्दै बालुवाटार छिरेका रास्वपाका मन्त्रीहरु नदिई बाहिर निस्किए

काठमाडौं : ‘राजीनामा दिने’ भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ राजीनामापत्र बोकेर उनीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।रास्वपाका मन्त्रीहरुले राजीनामा नदिनु अर्थपूर्ण देखिन्छ ।

Dengue

प्रधानमन्त्री दाहालले उनीहरुलाई के भनेर राजीनामा नदिन आश्वस्त गराए ? बाहिर आउन सकेको छैन् । केही मिडियामा आएअनुसार दाहालले आफूले राजीनामा नदिने र संसदबाट विश्वासको मत लिने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । 

रास्वपाका सन्तोष परियारले भने, ‘राजीनामा बुझाउन गएका थियौं । प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो । कुरा गर्यौं । आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार