सन्दीप लामिछानेलाई चितवनमा नगद एक लाखसहित सम्मान

काठमाडौैं : नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेलाई चितवनमा नगद एक लाखसहित सम्मान गरिएको छ ।

जिल्ला क्रिकेट संघ चितवन र सेन्ट्रल कलेजले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी नगद एक लाखसहित सन्दीपलाई सम्मान गरेका हुन् ।

Dengue

सन्दीप अमेरिका र वेष्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिँदै टी-२०आई क्रिकेट १०० विकेट लिने पहिलो नेपाली खेलाडी र विश्वकै दोस्रो खेलाडी बनेका थिए ।

सन्दीपलाई १०० विकेट पूरा गरेको अवसरमा नगदसहित सम्मान गरिएको हो ।

उनलाई यसअघि भरतपुर महानगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार