पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान

काठमाडौँ : मनाङ जिल्लाको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Dengue

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोहण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्त्वपूर्ण छ । यहाँको स्थानीयबाट नै प्रवर्द्धन गर्न टेवा पुग्नेछ । त्यसैले यो विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको हो ।’’ उहाँका अनुसार प्रतिविद्यार्थी ५० हजार रुपियाँ गाउँपालिकाले उपलब्ध गराउनेछ ।

त्यसैगरी गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैंक नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजार रुपियाँका दरले खाता खोली बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई एक लाख रुपियाँ छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप जनही २० हजार रुपियाँ पुरस्कार वितरण गरिनेछ । प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र बिक्ने शैक्षिक केन्द्रका रूपमा नमुना विद्यालयका रूपमा विकास गरी सबैको रोजाइको विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार