४७ अंकले बढेकाे सेयर बजार २१०० अंकमा राेकियाे

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसुचक ४७ अंकले बढेको छ । आज २.२९ प्रतिशतले बढेको सेयर बजार २१ सय दशमलव ४३ विन्दुमा पुगेर रोकिएको हो । आज बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

फेरि २० मिनेटपछि खुलेको सेयर बजार ५ प्रतिशतले बढेको थियो । दोस्रो घण्टामा ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । खुलेको बजार ६ प्रतिशतले बढेको खण्डमा तेस्रो सर्किट ब्रेकरमार्फत आजका लागि कारोबार बन्द हुने थियो । बजार नबढ्दा दिनभर कारोबार भयो ।

Dengue

आज १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर किनबेच भएको छ । आज कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो । सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी निर्जिवन बिमा २५३.९९ अंकले बढ्यो । जीवन बिमा २१३.३६ अंक र उत्पादन तथा प्रशोधन २०९.८० अंकले बढ्यो ।

आज कुल २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको सेयर मूल्य घट्यो । ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज हिमालय डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो । समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ६.९६ प्रतिशतले बढ्यो । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.४६ प्रतिशतले घट्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार