केही व्यक्तिलाई जोगाउन समीकरण फेरियो : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिंदैन त ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार