विमानस्थलभित्र कार दुर्घटना, एकजना घाइते

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार दुर्घटना हुँदा चालक घाइते भएकी छन्। मंगलबार बिहान  साढे ५ बजेतिर विमानस्थलको पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा कार चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएकी छन्। उनको दुबै खुट्टामा चोट लागेको प्रवक्ता श्रेष्ठले बताए।

Dengue

विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ नम्बरको कारलाई पछाडि ठक्कर दिएको थियो। त्यसपछि गाडी अनियन्त्रित भएर केही पर पुगेर पर्खालमा ठोकिएको थियो।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार