प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

ओली-दाहालबीच पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति र समसामयिक राजनीतक विषयबारे छलफल हुने बताइएको छ। यसअघि गत शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तालाई कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । लगत्तै आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार