जीप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँ : शुक्रबार दिउँसो साढे २ बजेको समयमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जीप नारायण नगरपालिका–५ धितामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Dengue

जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।

घाइतेमध्ये ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते २ जनालाई रिफर गर्ने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार