महँगो चिया उत्पादन गर्न उद्योगीहरुलाई ओलीको सुझाव

काठमाडौ : जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठानले चिया व्यापारीहरुलाई सम्मान गरेको छ । आज (शुक्रबार) तुलसी स्मृति भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका संरक्षकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चिया व्यवसायीहरुलाई सम्मान गरेका हुन् ।

चिया व्यापारीहरुलाई सम्मान गर्दै ओलीले सबैभन्दा महँगो चिया उत्पादन गर्न सुझाव दिए । नेपालीहरुले भर्खर–भर्खर चिया खान सुरु गरेको सुनाउँदै उनले विदेश निर्यातका लागि महँगो चिया उत्पादन गर्न सुझाव दिएका हुन् ।

Dengue

‘तपाईँहरुले यस्तो चिया उत्पादन गर्नुस् कि महँगो, महँगो । नेपालीले किन्नै नसक्ने, विदेशीले मात्रै किन्न सक्ने खालको । नेपालीहरुले चिया खान भर्खरै थालेका हुन् । ब्रिटिसजस्तो पुरानो चिया खाने होईनौं हामी । टिम्मुर पानी खाएर हुर्किएका मान्छे केही छैन,’– उनले भने ।

उनले चिया निर्यातका लागि बोर्डरमा समस्या रहेको सुनाए । उनले व्यापारीहरुलाई चिया भण्डारणका लागि क्वारेन्टाइन व्यवस्था गर्न आग्रह गरे । क्वारेन्टाइन व्यवस्थापनका लागि कृषिमन्त्रीसँग भनिदिने उनले आश्वासन दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार