प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलाशययुक्त आयोजनाको प्रभावित क्षेत्रको विकासका लागि बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तत्काल गठन गर्न माग गरेका छन् ।

आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भट्टराईले तीन बुँदे मागसहित बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाबारे ज्ञापनपत्र बुझाएका हुन् ।

Dengue

भट्टराईले बुझाएको पत्रमा भनिएको छ – ‘अहिलेको विद्युत प्राधिकरणअन्तर्गत सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गरियोस् ।,’

यस्तै, अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बूढीगण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अघि बढाउन उनको दोस्रो माग छ ।

साथै, भट्टराईले तेस्रो मागको रुपमा आयोजना प्रभावितका जायज मागलाई तत्काल सम्बोधन गरन पनि भनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार