काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ।
पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित भएको हो ।
महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।
आजको बैठकमा यसैलाई लिएर विवाद भएको बुझिएको छ । बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् । फाइल तस्बिर
उनको स्टाटस हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्