रामेछापको लिखुमा यात्रुबाहक बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं : रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।

Seti Hospital

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस  बिहान दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी उपाचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसककेको स्थानीयले जनाएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार