काठमाडौँ : प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्