यस्तो छ सातै प्रदेशको एसइईको नतिजा

काठमाडौँ : बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले  माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

dashain shuvakamana
Discovery School

मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जना ननग्रेड (एनजी) पाएका छन् ।

गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशबाट एसइईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् ।

कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार