दुबई उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो

काठमाडौँ : दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो। 

Seti Hospital

उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए। 

राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो। 

‘अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।’

उनको उडान तय भएको विमान भने अहिले उडिसकेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार