सुदूरपश्चिम सरकार सँग छैन विपद् प्रतिकार्य योजना

धनगढी : सुदूरपश्चिम मनसुन सुरु भइसक्दा पनि प्रदेश सरकारले अझै विपद् प्रतिकार्य कार्ययोजना बनाउन सकेको छैन ।
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको आकलन गरिसकेको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ल्याउन सकेको छैन ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म केवल कार्ययोजनाको मस्यौदा मात्रै बनाएको छ । तर अन्तिम रूपमा दिन विपद् व्यवस्थापन कार्यकारी समितिमा छलफलसँगै अन्तिम रूपमा दिन मन्त्री स्तरीय निर्णय समेत बाँकी रहेको मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले बताए ।

Dengue

यहाँको आन्तरिक मामिला मन्त्रालय हालसम्म मन्त्रीविहीन रहेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सो मन्त्रालय आफू मातहत राखेका छन् । मन्त्री नहुँदा सो विपद् प्रतिकार्य कार्ययोजना हालसम्म ल्याउनमा ढिलाइ भइरहेको मन्त्रालयका सूचना अधिकारी विष्टको भनाइ छ ।

विपद् प्रतिकार्य कार्ययोजनामा प्रदेश सरकारले जल तथा मौसम विज्ञान विभागको वर्षा आकलन रिपोर्टको आधारमा प्रदेशमा कति घरघुरी बाढी र पहिरोले प्रभावित हुने र कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ ? भन्ने आकलन गरिन्छ । प्रदेशमा प्रतिकार्य तथा पूर्वतयारीका स्रोत साधनको अवस्था के छ ? सामग्री के–के चाहिने र कति चाहिने भन्ने विषयको तयारी गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार