बाढी पहिरोले साढे ५०० मेगावाट बिजुली उत्पादन प्रभावित

काठमाडौँ : वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी पहिराले जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार साढे ५०० मेगावाट क्षमताका आयोजनाको उत्पादन प्रभावित बनेको हो ।

‘बाढी र लेदोका कारण देशैभरका साढे ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्,’ प्रवक्ता चन्दनकुमार घोषले भने । यसबाट विद्युत् उत्पादनमा ठुलो क्षति भएको प्राधिकरणले जनाएको छ । चालू वर्षमा थपिएको आयोजनासहित गरी कूल जडित क्षमता ३१ सय ६३ मेगावाट पुगेको छ ।

Dengue

तर साढे ५०० मेगावाट क्षमताका कयौँ आयोजनाको उत्पादन प्रभावित बन्दा भारततर्फको निर्यातसँगै आन्तरिक वितरण नै प्रभावित बनेको प्राधिकरणले जनाएको छ । हालसम्म लिखु र सोलु करिडोरमा आधारित आयोजना प्रभावित बन्दा समस्या भएको हो । प्राधिकरणले वर्षायाम सुरु भएपछि भारतबाट आयात हुने बिजुली कटौती गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले ठुलो क्षति नभए पनि आयोजनाको उत्पादन प्रभावित भइरहेको बताए । ‘रातभर वर्षा हुँदा बाढीको डरले आयोजना बन्द 

गर्नुपर्छ । रातभर लेदो आएर थुप्रिन्छ,’ खतिवडाले भने, ‘बिहान सफा गर्नै ५/७ घण्टा लाग्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार