यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा युवकको मृत्यु

वीरगन्ज : सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए ।  ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

Dengue

मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए । त्यसपछि नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केको बताइन्छ । 

प्रहरीले चलाएको सोधपुछमा त्यही बेला मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।  

पण्डितले भने, ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।’

त्यसपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो । त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु ग¥यो । 

यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए । 

त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ ।  बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ । 

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार