छाउपडी प्रथा अन्त्य गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं : गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यको प्रयासस्वरूप समिति गठन गरिएको जनाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सोमबार राष्ट्रियसभामा अछाममा छाउगोठमा भएको घटकाबारे जानकारी गराउने क्रममा समितिबारे जानकारी दिएका हुन् ।

उनले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिएर समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाइने बताए ।

Dengue

गृहमन्त्री लामिछानले यही असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे जानकारी गराएका थिए । किशोरीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

“कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा समुदायलाई साथमा लिई प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक संस्थाहरू र आम सञ्चारमाध्यम लगायतको बहुपक्षीय प्रयास आवश्यक देखिन्छ,” उनले भने ।

गृहमन्त्री लामिछानेले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार