बैकुण्ठ भ्रष्टाचारमा डामिएपछि सिंहदरबारमा नयाँ मुख्यसचिवको खोजी, को-को छन् दावेदार ?

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

Dengue

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए ।

९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्याललगायत संलग्नता पुष्टि भएको जिकिर अख्तियारको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ ।

अर्याल भ्रष्टाचारमा डामिएर निलम्बित भएसँगै अब नयाँ मुख्यसचिवको चयन प्रक्रिया शुरु भएको छ । हाल नेपाल सरकारका ७० जना सचिव छन् । ती सचिवमध्ये वरिष्ठताको आधारमा एकजना मुख्यसचिव हुनेछन् । हाल डा.तोयनारायण ज्ञवाली सबैभन्दा अगाडि छन् । योजना आयोगमा रहेका उनको कार्यकाल २ महिना बाँकी रहेको छ ।

ज्ञवालीपछि सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी अर्का दावेदार हुन् । उनी पनि आगामी फागुनमा अवकाश हुँदैछन् । सुवेदी सत्तारुढ दल नेकपा माओवादी निकट भनिने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो नम्बरका दावेदार हुन् ।

चौथो नम्बरमा गृह सचिव एकनारायण अर्याल रहेका छन् । अहिले मुख्य प्रतिस्पर्धा भने सुवेदी र अर्यालका बीचमा हुने ठानिएको छ। यी दुवै उम्मेदवार हालको सत्ता गठबन्धन खासगरी नेकपा एमाले र माओवादी केन्द्र दुवैले रुचाएका पात्र हुन्।

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने आएपछि अर्याललाई गृहमा ल्याईएको थियो । स्याङ्जाका अर्याल एमालेको जोडवलमा गृहमा आएको र बैकुण्ठ भ्रष्टाचारमा डामिएको खण्डमा मुख्यसचिव हुनेगरि अघि बढेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री कार्यालयमै कार्यरत सचिवहरूलाई जिम्मेवारी दिने हो भने कानुनतर्फकी सचिव लीलादेवी गड्तौलाले त्यो अवसर पाउनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार