हक्की प्रतियोगितामा रानी सैना र मानसरोवर विजयी

हुम्ला :  जिल्ला स्तरीय हक्की प्रतियोगितामा पुरुषमा रानी सैना हक्की क्लव र महिलामा मानसरोवर हक्की क्लव विजयी भएका छन् । फाइनल खेलमा दुवै टिम विजेता भएका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय हक्की प्रतियोगितामा पुरुषतर्फ रानी सैना हक्की क्लव प्रथम स्थान हुन सफल भएको छ भने पञ्चमुखी हक्की क्लव द्वितीय र चङ्खेली हक्की क्लव तृतीय स्थान हुन सफल भएका छन् ।

त्यसैगरी महिलातर्फ मानसरोवर हक्की क्लब प्रथम स्थान हुन सफल भएको भने रलिङ हक्की क्लब द्वितीय र पञ्चमुखी तृतीया स्थान हुन सफल भएका छन् । विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बिजेता टिमलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा महिलातर्फ तुलसी भण्डारी र पुरुषमा उज्जल रावत उत्कृष्ट खेलाडीका रुपमा छनोट हुनु भएको थियो । उहाँहरु दुवै जनालाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका लागि लागि हक्की सङ्घका अध्यक्ष अनिल शर्मा र प्रमुख प्रशिक्षक विजयन्त शाही पनि काठमाडौ्रँबाट आउनु भएको थियो ।

प्रतियोगिताका लागि पुरुषका चार वटा र महिलाका चार वटा टिमले सहभागिता जनाएका थिए । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेलहरु हुम्ला जिल्लामा सञ्चालन हुने भएको कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

यसै प्रतियोगिताबाट कर्णाली प्रदेशको टिम पनि छनोट हुनेछ । हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहनुभएको छ ।  प्रतियोगिता हक्की संघ हुम्लाको आयोजना र प्रायोजन कर्णाली प्रदेश खेलकुद परिषदले गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार