बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

काठमाडौँ : बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण आइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए ।

Dengue

तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको  थियो । आगो निभाउन  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल ल्याइएको थियो ।

तर आगलागीबाट मार्ट  पूर्णरुपमा जलेको छ । तर वरिपरिका अन्य घरहरुमा भने आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ ।

उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार