हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार  गते शुक्रबारको तपाईको दिन यस्तो रहनेछ ।

मेष : अनावश्यक वादविवाद बढ्नेछ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। चोटपटकबाट जोगिनु होला।

Dengue

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८  र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको अहित हुने काम नगर्ने।

वृष : लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : सफल यात्राको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। सवारी साधनको खरिद बिक्री हुने योग छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : पुनर्मिलनको योग छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : विपक्षीको छलकपट तथा जालझेलमा पर्न सकिन्छ, सतर्क रहनुपर्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : सामाजिक र धार्मिक यात्राको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको सुरुआत गर्ने। सेतो रङको प्रयोग नगर्ने।

तुला : रमाइलो यात्राको अवसर जुर्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। कुटुम्बको सहयोग मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : पुनर्मिलनको योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। दबाब र तनाव बढेको महसुस हुनेछ। मान तथा सम्मानमा दाग लाग्न सक्छ। अरूले आलोचना पनि गर्न सक्छन्। कामबाट लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मित्रताको बन्धन कसिनुका साथै सुख मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सकारात्मक सोच राख्ने। काम गर्दा नआत्तिने।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : कुनै कुराले मनमा शान्ति छाउला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक कार्य सम्पादन हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार