करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते

काठमाडौँ : सर्लाहीको बरहथवामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा बरहथवा नगरपालिका-१० का २१ वर्षीय आबोध ठाकुर रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका छन्। ठाकुरका भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका छन्। 

Dengue

बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुरीको काम गर्दै आएका ठाकुरलाई कार्यालयकै काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

करेन्ट लागेर घाइते भएका ठाकुरको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि हरिवनको सरस्वती अस्पतालमा लगिएका ठाकुरलाई चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेका थिए। ठाकुरका भाइको बरहथवामै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार