धनगढीमा विद्यार्थी ‘ड्रप आउट’ हुन नदिन कोष स्थापना, सहयोग गर्नेहरु बढ्दै

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ।

विपन्न बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार गर्न स्थापना गरिएको सो कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ। हिजो (बुधबार) मात्र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ।

Dengue

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सो रकम सहयोग गरेको हो।यसअघि एनएमबी बैंक धनगढी शाखाले पनि ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेको छ। विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्यसामग्री खरिदका लागि सो बैंकले ५२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १० जना बालबालिकाका लागि पोसाक खरिद गर्न सो रुपैयाँ सहयोग गरेको उपमहानगरले जनाएको छ। धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ।

ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो। सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाई रहेको छ।

कोषमा यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५ सय, माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार रुपैयाँँ सहयोग गरेका थिए। त्यसैगरी, प्रभु बैंक धनगढी शाखाले ५२ हजार ५ सय र भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पाँच लाख २५ हजार रुपैयाँ विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि भनेर सहयोग गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार